Logo
Logo

कामना सेवाद्वारा नेपालमै पहिलोपटक मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सञ्चालन



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडद्वारा नेपालमै पहिलोपटक मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेशअन्तर्गत बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँपोखरामा वडाधक्ष्य शिवप्रसाद कँडेल र बैंकका गण्डकी प्रदेश प्रमुख केदारनाथ शर्माबाट संयुक्तरुपमा मोबाइल एपबाट उद्घाटन गरी शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

उक्त कार्यक्रममा वडा नं ५ का अन्य प्रतिनिधि, स्थानीय महानुभाव तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्