Logo
Logo
एमाले जिल्ला अधिवेशन

यस्तो छ २८ जिल्लाको नतिजा (सूचीसहित)




काठमाडौं । नेकपा एमालेको जारी ६३ जिल्ला अधिवेशनमध्येबाट २८ जिल्लाको नतिजा आएको छ । कतिपय जिल्लाबाट नतिजा आउनेक्रम जारी छ भने बाँकी अधिकांश जिल्लामा निर्वाचनबाट कमिटी चयन हुँदैछ ।

धनकुटा जिल्ला अधिवेशन उद्घाटनको तस्बिर

पार्टी अध्यक्ष केपी ओलीले शुक्रबारबाट एकैसाथ देशका दुई विशेषसहित ६३ जिल्लाको अधिवेशन भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिउ । त्यसमध्ये २८ जिल्लाको अध्यक्ष चुनिएको छ भने ती जिल्लामा पनि कतियपमा पदाधिकारी चयन भएका छैनन् । अहिलेसम्म चुनिएका २८ जिल्ला अध्यक्षमध्ये दुई जनाबाहेक सबै सर्वसम्मत भएका हुन् ।

कपिलवस्तु र पश्चिम नवलपरासीमा चुनावी प्रतिस्पर्धाबाट अध्यक्ष निर्वाचित भएका छन् । अध्यक्ष सर्वसम्मत भएका ठाउँमा पनि अधिकांश अन्य पदमा मतदान हुँदैछ । एमालेले प्यानल बनाएर चुनाव लड्न निषेध गरेपनि कतिपय जिल्लामा प्यानलगत प्रतिस्पर्धा हुँदैछ ।

प्रदेश १ का १४ जिल्लामध्ये ६ जिल्लामा अध्यक्ष चयन भएको छ । अन्य जिल्लामा भने सहमतिको प्रयास जारी रहेको बताइएको छ ।

सुदूरपश्चिमका नौ जिल्लामध्ये ८ जिल्लामा सहमति हुन नसक्दा निर्वाचन हुँदैछ । एक जिल्ला बझाङमा भने बाक्लो हिमपातका कारण अधिवेशन हुन सकेको छैन ।


हालसम्म चयन भएका जिल्ला अध्यक्षहरुको सूची

प्रदेश १

झापा – दीपक कार्की

मोरङ – ऋषिकेश पोखरेल
खोटाङ – रामप्रसाद दंगाल
धनकुटा – इन्द्रमणि पराजुली
तेह्रथुम – तेजमान कन्दङवा
सप्तरी – ताराकान्त चौधरी

वागमती

धादिङ – भूमी त्रिपाठी
काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु
भक्तपुर – बचन देउजा
रसुवा – कर्णेल तामाङ
रामेछाप -– आनन्दकुमार श्रेष्ठ
नुवाकोट – बद्री मैनाली
मकवानपुर-– एकलाल श्रेष्ठ

गण्डकी

गोरखा – प्रेम गुरुङ
तनहु – श्रीप्रसाद श्रेष्ठ

लुम्बिनी

पाल्पा – धनेन्द्रराज घिमिरे
गुल्मी – बालकृष्ण काउछा मगर
अर्घाखाची – पिताम्बर भुसाल
बाँके – किस्मत कुमार कक्षपती
बर्दिया – लालबहादुर श्रेष्ठ
दाङ – हुकुमबहादुर बस्नेत
रुपन्देही – तेजेन्द्र केसी
कपिलवस्तु – डम्मर शर्मा (निर्वाचित)
नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी (निर्वाचित)

कर्णाली

डोल्पा = शेरबहादुर बुढा
सल्यान – गोविन्द पुन मगर

गैरभौगोलिक जिल्ला

मजदूर विशेष – जितेन्द्र श्रेष्ठ
पेशागत विशेष – उमेश ढकाल

प्रतिक्रिया दिनुहोस्