Logo
Logo

गुराँस लाइफद्वारा अनाथ बालबालिकालाई सहयोग



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले यही २०७८ पुस २४ गते शनिबार कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बूढानीलकण्ठ नगरपालिका–३, मुहानपोखरीमा अवस्थित नवयुवा बाल सुधार समाजमा रहेको अनाथ बालबालिकालाई एक कार्यक्रमका बीच न्यानो कपडा (ज्याकेट) झोला तथा स्टेश्नरी सहयोग गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपीनकुमार लालले एक कार्यक्रमका बीच समाजका अध्यक्ष शिवशंकर नेपालीमार्फत बालबालिकालाई हस्तान्तरण गरेका हुन् । बूढानीलकण्ठ नपा वडा नं ३ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सञ्तालित उक्त कार्यक्रममा कम्पनीका क्षेत्रीय कार्यालय ललितपुरका क्षेत्रीय प्रमुख रुपक केसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । साथै कम्पनीका प्रबन्धक बोधलाल पुरीले सञ्चालन गरेको कार्यक्रममा कम्पनी कर्मचारी संघका अध्यक्ष सुशन नेपाल तथा कम्पनीका कर्मचारीको उपस्थिति थियो ।

१९ वर्षदेखि सञ्चालनमा रहेको नवयुवा बाल सुधार समाजलाई सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीको तर्फबाट सहयोग गर्न पाएकामा आफूलाई खुशी लागेको एवं कम्पनीको यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने जानकारी कम्पनीको प्रमुख कार्यकारी अधिकृतले गराउनुका साथै वडाध्यक्ष बालकृष्ण श्रेष्ठले यस कार्यक्रमका लागि कम्पनीलाई धन्यवाद ज्ञापन गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रमका लागि समाजको तर्फबाट धन्यवाद व्यक्त गर्दै समाज र राष्ट्रका कर्णधार बालबालिकालाई गरेको यो सहयोग सधैँ सम्झिरहने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्