Logo
Logo

नेपाल लाइफको सिनियर डिसिओमा पराजुली



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् । आज आइतबारबाट पराजुलीले सिनियर डिसिओको कार्यभार सम्हालेका हुन् ।

पराजुलीले आफ्ना विगतका अनुभवहरुलाई आधारमानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मको रुपमा नेपाल लाइफलाई लिएको बताए । संस्थागत सुशासनलाई प्राथमिकतामा राखि कम्पनीलाई हरेक क्षेत्रमा अब्बल सावित गर्न आफू लागि पर्ने उनले प्रतिवद्धता गरे ।

नम्बर १ कम्पनीको यात्रामा मुख्य हिस्सेदार हुन पाउनु गर्वको विषय रहेको बताउँदै यसलाई अवसर र त्यो भन्दा बढी चुनौतीको रुपमा लिएको उनको भनाइ छ । उनले भने, ‘नेपाल लाइफको नम्बर १ कम्पनीको छवीलाई हरेक सुचकांकमा अझ बलियो सावित गर्नुपर्ने चुनौती रहेको छ ।’
पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सिइओ) थिए ।

प्रतिक्रिया दिनुहोस्