Logo
Logo

राससका महाप्रबन्धकदेखि क्याम्पस प्रमुखसम्म एमालेको जिल्ला सदस्य निर्वाचित



काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सिद्धराज राई नेकपा एमालेको धनकुटा जिल्ला कमिटी सदस्य निर्वाचित भएका छन् ।

नेकपा एमाले धनकुटाको सातौं जिल्ला अधिवेशनबाट महाप्रवन्धक राईसहित धेरै प्राध्यापक तथा शिक्षक पनि जिल्ला कमिटी सदस्य निर्वाचित भएका हुन् ।

जिल्ला कमिटीमा धनकुटा बहुमुमी क्याम्पसका प्रमुख होमबहादुर बस्ने, धनकुटा बहुमुखी क्याम्पसका पूर्व उपप्रमुख तथा उपप्राध्यापक किरण घिमिरे, शिक्षकहरु नगेन्द्र भट्टराई, टेकबहादुर सुन्दास, केदारप्रसाद अधिकारी र यज्ञप्रकाश चापागाँई जिल्ला सदस्य निर्वाचित भएका छन् ।

धनकुटाको अधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको सामान्य आलोचना गर्ने समेतलाई पदाधिकारी बन्न रोकिएको छ । ओलीले गरेका गलत कामको आलोचना गर्नेलाई छानिछानि पदाधिकारी हुन नदिइएको एक नेताले बताए । त्यसैगरी, पूर्वमाओवादी नेतालाई समेत पदाधिकारी बन्नबाट रोकिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्