Logo
Logo

प्रतिनिधिसभाको बैठक फेरि सर्यो



काठमाडौं । पुस २८ गते बोलाइएको प्रतिनिधिसभाको बैठक माघ ३ गतेसम्मका लागि सारिएको छ ।

संसद् सचिवालयका महासचिव डा। भरतराज गौतमले आज (सोमबार) एक सूचना प्रकाशन गरी पुस २८ गते दिउँसो १ बजे बस्ने बैठक विशेष कारणबस माघ ३ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी गराएका हुन् ।

यसअघि पनि बैठक बस्दै नबसी स्थगित पुस २८ गतेका लागि सारिएको थियो । त्यसअघि पनि माओवादी केन्द्रको महाधिवेशन चलिरहेको भन्दै स्थगित गर्न माग गरेपछि पुस २२ गतेका लागि सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्