Logo
Logo

माछापुच्छ्रे बैंकद्वारा प्रहरी बृत्त लैनचौरलाई सडक ब्यारीगेट हस्तान्तरण



काठमाडौं । छापुच्छ्रे बैंकले सडक सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी बृत्त लैनचौरलाई तीन ओटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी बृत्त लैनचौरले आयोजना गरेको एक कार्यक्रममा बैंकका बाग्मती प्रदेश प्रमुख निरजमान सैजुले उक्त रोड ब्यारीगेट हस्तान्तरण गरेका थिए ।

सोही कार्यक्रममा महानगरीय प्रहरी वृत्त लैनचौर सोहृखुट्टेका प्रमुख प्रहरी नायब उपरीक्षक दुर्गाप्रसाद खनालको पनि उपस्थिति थियो । बढ्दो सडक दुर्घटना र सडकमा हुने विभिन्न प्रदर्शनहरुलाई मध्यनजर गर्दै सर्वसाधरणको सुरक्षाको लागि सडक ब्यारीगेट हस्तान्तरण गरेको हो ।

छापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६३ बटा शाखा र १५७ शाखारहित बैकिङ सेवा, ६ एक्सटेन्सन काउण्टरसमेत गरी जम्मा ३२६ स्थानवाट १० लाखभन्दा बढी ग्राहकमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । बैंकको देशभर २०० बटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्