Logo
Logo

नेपाली सेनाको सफलता, उपरथी खरेल भने शान्ति मिसनमा फोर्स कमाण्डर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ जेठ ।
नेपाली सेनाले राष्ट्रसंघीय शान्ति मिसनमा अर्काे महत्वपूर्ण सफलता पाएको छ ।

नेपाली सेनाका उपरथी शिवराम खरेलले फोर्स कमाण्डरको जिम्मेवारी पाएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेसले उपरथी खरेललाई सिरिया र इजरायलको बोर्डरमा रहेको डिसइन्गेजमेण्ट अवजर्भर फोर्स (अनडफ) कार्यवाहक मिसन प्रमुखको जिम्मेवारी दिएका हुन् । सो मिसनको फोर्स कमाण्डर रहेका घानाका मेजर जनरलको अप्रिलमा निधन भएपछि उनको ठाउमा खरेललाई जिम्मेवारी दिइएको हो । खरेल यसअघि लेवनानमा रहेको युनिफिल मिसनको डेपुटी फोर्स कमाण्डरका रुपमा कार्यरत थिए ।
फोर्स कमाण्डर सम्बन्धित मिसनमा राष्ट्रसंघ मार्फत खटिने सैनिकको प्रमुख व्यक्ति हो । यसअघि नेपाली सेनाले चार पटक मात्र यस्तो पद पाएको छ ।

प्रतिक्रिया दिनुहोस्