Logo
Logo

विकास र राजनीतिलाई सँगसँगै लिएर जानुपर्छ : वरिष्ठ नेता पौडेल


441
Shares

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास र राजनीतिलाई सँगसँगै जोडेर लैजानुपर्ने बताएका छन् ।

ऋषि गाउँपालिकाद्वारा आयोजित दोस्रो ऋषिङ अल्ट्रा म्याराथन प्रतियोगिताको समापन कार्यक्रममा आज उनले भने, ‘विकास र राजनीति एक अर्काका परिपूरक हो । त्यसैले विकास र राजनीतिलाई सँगसँगै लिएर जानुपर्दछ ।’

विकासका क्षेत्रमा पछि परेका ऋषिङमा अहिले विकास निर्माणले गति लिन थालेको उल्लेख गर्दै उहाँले हिजो हामीले विकास निर्माणको सुरुआत गरेको र आज विकास भएका कारण गाउँको मुहारमा परिवर्तन आएको बताए ।

उनले गाउँपालिकाले खेलकुदका माध्यमबाट सिङ्गो गाउँपालिका क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न चालेको कदम सकारात्मक रहेको उल्लेख गरे ।

नेता पौडेलले खेलकुद राष्ट्रको गहना भएको बताउँदै यसको सम्वर्द्धनका लागि राज्यले उचित ध्यान दिन सके सक्षम खेलाडी उत्पादनमा सहज हुनेमा जोड दिए । खेलकुद मानिसको स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण भएको उल्लेख गर्दै उनले स्थानीय तहले खेलकुद क्षेत्रलाई प्राथामिकतामा राखेर राष्ट्रियस्तरका खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्