Logo
Logo

एमाले बाजुराको अध्यक्षममा कालीबहादुर शाही सर्वसम्मत


नन्दा थापा


बाजुरा । नेकपा एमाले बाजुराको अध्यक्षमा पुनः कालीबहादुर शाही सर्वसम्मत चयन भएका छन् ।

नेकपा एमालेको सातौं जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । अध्यक्षका लागि तीन जनाले आकांक्षा राखेपनि अतः शाही नै सहमतिको आधारमा अध्यक्षमा चयन भएको मुख्य निर्वाचन अधिकृत दिलिप कुमार शाहीले बताए ।

उनका अनुसार उपाध्यक्षमा भरत बुढा, सचिवमा भरत थापा, सहसचिवमा हरिबहादुर रोकाया र जनक बोहरा चयन भएका छन् । नेकपा एमाले बाजुराको सातौं जिल्ला अधिवशेनले ९० सदस्यीय कमिटी चयन गरेको छ ।

एमालेको नयाँ नेतृत्वमा आएका पदाधिकारीलाई आजै सपथ ग्रहण गराइएको छ । अध्यक्ष कालीबहादुर शाहीलाई मुख्य निवार्चन अधिकृत दिलीप कुमार शाहीले सपथ ग्रहण गराएका हुन् भने नव निर्वाचित अध्यक्ष शाहीले कमिटिका अन्य नयाँ पदाधिकारीलाई सपथ ग्रहण गराएका हुन् ।

यहि पुष २३ गतेबाट सुरुभएको एमालेको सातौं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज सम्पन्न भएको हो । नयाँ नेतृत्व चयनमै सहमति नजुट्दा, उद्घाटन सत्र सुरु भएको तीन दिनपछि बन्द सत्र सुरु भएको थियो । तीन दिनपछि बन्द सत्र सुरु भए पनि पाँच दिनपछि नयाँ नेतृत्व गर्दै एमाले बाजुराको सातौं जिल्ला अधिवशेन सम्पन्न भएको छ ।

एमालेको सातौं जिल्ला अधिवशेनबाट नयाँ नेतृत्व चयन गर्न मुख्य निर्वाचन अधिकृत दिलीपबहादुर शाही, निर्वाचन अधिकृत तुलाबहादुर थापा, मिनप्रसाद जैशी, खडकबहादुर शाह, जंगविर सुनार, कर्णचन्द्र जोशीपुर जोशी, धुर्वराज थापा र शंकर रोकायालाई निर्वाचन समितिको जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्