Logo
Logo

एमाले अधिवेशनमा आएका प्रतिनिधि नै एकिकृत समाजवादीमा प्रवेश



जाजरकोट । राष्ट्रिय महाधिवेशनदेखि जिल्ल्ला अधिवेशनसम्म आइपुग्दा नेकपा एमाले छोड्नेहरुको लहर चलेको छ । केन्द्रदेखि जिल्ला तहमा एमाले नेताहरुको व्यवहार र पार्टीको नीतिप्रति असन्तुष्टी जनाउँदै उक्त पार्टीबाट नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नेहरुको लहर चलेको हो ।

यसैबीच एमाले जाजरकोटको जिल्ला अधिवेशनमा आएका एक प्रतिनिधि नै एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । जिल्ला अधिवेशन प्रतिनिधि रहेका कुशे गाउँपालिका वडा नं. ४ का शरणबहादुर चलाउनेले एमाले परित्याग गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

एमालेको वडा कमिटी सदस्य समेत रहेका चलाउनेले एक विज्ञप्ती जारी गर्दै नेताहरुको व्यक्तिवादी र अहंकारी व्यवहार रहेको र अव परिवर्तनको नेतृत्व एमालेले गर्न नसक्ने ठहर गर्दै उक्त पार्टी परित्याग गरेको उल्लेख गरेका छन् ।

हरेक वर्गका नागरीकहरुको नेतृत्व गर्न सक्ने पार्टी नेकपा एकीकृत समाजवादी रहेको भन्दै आफू पनि एकीकृत समाजवादी पार्टीमा समाहित भएकोे चलाउनेको विज्ञप्तीमा उल्लेख छ ।

नेता चलाउने कुशेका पुराना कम्युनिष्ट हुन । उनलाई नेकपा (एकिकृत समाजवादी) जाजरकोटका उपाध्यक्ष तप्त बहादुर हमालले पार्टीमा स्वागत गरेका छन् । हमालले दुई दिन अघि कुशे वडा नं. ९ का एमाले नेता धर्मदत्त गौतम (जैसी)लाई पार्टीमा स्वागत गरेका थिए । गौतमले पनि विज्ञप्ती जारी गर्दै एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गेको उल्लेख गरेका छन ।

उपाध्यक्ष हमाल कुशेका अत्यन्त लोकप्रिय तथा प्रभावशाली नेता हुन् । तत्कालिन एमालेमा रहेका नेता हमाल एकीकृत समाजवादीमा लागेपछि कुशेमा एमालेलाई शाख जोगाउन मुस्किल पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्