Logo
Logo

भेषनारायण र बतासलाई कारबाही गर्न पर्यटन मन्त्रालयको निर्देशन



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले नारायणहिटी दरबार संग्रहालयका तत्कालीन कार्यकारी निर्देशक भेषनारायण दाहाल र बतास समूहको बी म्यानेजेन्टका संचालकमाथि छनबिन गरी कारबाही गर्न अख्तियार दुरुपयो आयोग र प्रहरीलाई सिफारिस गरेको छ । मन्त्रालयले बुधबार अख्तियार र प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको हो ।

मन्त्रालयका प्रवक्ता डा टोकराज पाण्डेका अनुसार संग्रहालयका निवर्तमान कार्यकारी निर्देशक दाहाल र बतास समूहको बी म्यानेजेन्टका संचालकलाई मुलुकी अपराध संहिता २०७४ को दफा १४७ अनुसार कारबाहीका लागि सिफारिस गरेको हो । दाहालले नारायणहिटी दरबार संग्रहालय परिसरको भवन र जमिन क्याफटेरिया सञ्चालनका लागि बतास समूहलाई ठेक्कामा दिएका थिए ।

बतास समूहसँग मिलेमतोमा क्याफे सञ्चालनको सम्झौता गरेको सहसचिवस्तरीय छानबिन समितिबाट देखिएपछि मंगलबार नाराणहिटी दरबार संग्रहालयका प्रमुख कार्यकारी निर्देशक दाहालले पदबाट राजीनामा दिएका थिए ।

बतास समूहले सम्झौताभन्दा बढी करीब १४ रोपनी जमिनमा संरचना निर्माण गर्दा पनि दाहालले नारायणहिटी संग्रहालय परिसरको सम्पत्तिको संरक्षण र सम्वर्द्धनको जिम्मेवारी पूरा नगरेको छानबीन समितिको ठहर गरेका थियो ।

प्रतिक्रिया दिनुहोस्