Logo
Logo

सिंहदरबार प्रवेशमा कडाइ, सबै प्रवेश पास खारेज



काठमाडौँ । सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । कोभिड १९ ओमिक्रोन भेरिएन्ट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले बुधबारदेखि सिंहदरबार प्रवेशमा नयाँ व्यवस्था लागू गरेको हो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा हस्ताक्षरित सूचनाअनुसार सिंहदरबार प्रवेश गर्न सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगलगायतबाट हालसम्म जारी भएका सबै प्रकारका पास खारेज गर्ने बताइएको छ ।

साथै अब आवश्यकता बमोजिम गृहमन्त्रालयको पूर्वसहमति लिई सम्बन्धित निकायबाटै पास जारी गर्नेलगायत ६ बुँदे नियम लागू गरिएको छ । पत्रकारलाई भने सूचना विभागबाट जारी भएको परिचयपत्रको आधारमा प्रवेश दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्