Logo
Logo

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २४औँ वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

उक्त साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आठ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

सभाबाट पारित ८ प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ पुगेको छ ।

बैंकको साधारण सभाले आर्थिक वर्ष २०७८÷७९ को लेखापरीक्षण कार्यका लागि प्रधान एण्ड शाक्य एसोसिएटस्, चार्टर्ड एकाउन्टेन्टस्लाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७७/७८ मा ११० अर्ब ८० करोड निक्षेप परिचालन गरी रू. ९८ अर्ब ३२ करोड खुद कर्जा प्रवाह गरेको छ । साथै उक्त आर्थिक वर्षमा कर तथा बोनस पछि रु. १ अर्ब ३३ करोड खुद मुनाफा आर्जन गरेको छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १२ वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्