Logo
Logo

भक्तपुरमा सिसिटिभी जडान गर्न मेगा बैंकको साढे २ लाख सहयोग



काठमाडौं । मेगा बैंक नेपालले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरूमा सिसिटिभी जडान गर्न आर्थिक सहयोग गरेको छ ।

मेगा बैंकका सिइओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सिसिटिभी जडान समितिका पदाधिकारीलाई सिसिटिभी खरिदका लागि दुई लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरिन् ।

सो अवसरमा उक्त समितिका संयोजक प्रदीपकुमार श्रेष्ठ, कोषाध्यक्ष नवीन प्रजापति, सचिव पदमलाल शिलाकार र सदस्य सचिव प्रहरी नायब उपरीक्षक राजु पाण्डेको सहभागिता रहेको थियो ।

भक्तपुर जिल्लाको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई प्रमाणमुखी तथा प्रभावकारी बनाउने उद्देश्यले सिसिटिभी खरिद तथा जडान गर्न संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको सिइओ खुञ्जेलीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्