Logo
Logo

कृषि विकास बैंकको २१.०५ प्रतिशत लाभांश पारित



काठमाडौं । कृषि विकास बैंकको १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको बिहीबार सम्पन्न वार्षिक साधरणसभाले २१.०५ प्रतिशत लाभांश पारित गरेको छ ।

सभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार शेयरधनीलाई हाल कायम भएको चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर तथा १.०५२ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । बैंकका सञ्चालक समितिका अध्यक्ष रमेशकुमार केसीको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्