Logo
Logo

राष्ट्रिय वाणिज्य बैंकको ३३ प्रतिशत लाभांश पारित



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिले प्रस्ताव गरेको प्रस्तावित ३३ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको १६औँ वार्षिक साधारणसभाले ३३ प्रतिशत लाभांश (नगद ३ प्रतिशत र बोनस शेयर ३० प्रतिशत) सहितको आव २०७७/७८ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्ताव पारित गरेको हो ।

साधरणसभाले चुक्ता पूँजीको तीन प्रतिशतका दरले हुन आउने २७ करोड ५५ लाख रुपैयाँ नगद र ३० प्रतिशतले हुन आउने दुई अर्ब २७ करोड रुपैयाँ बरावरको बोनस शेयर शेयरधनीलाई प्रदान गर्ने निर्णय पारित गरेको हो ।

यसपछि बैंकको कूल चुक्ता पूँजी १३ अर्ब ९४ करोड रुपैयाँ हुने छ । साथै साधारणसभाले बैंकको अधिकृत पूँजी ३० अर्ब रुपैयाँ कायम गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकको अध्यक्षतामा सम्पन्न साधारणसभामा अध्यक्ष डा. पाठकले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताए ।

बैंकको हाल ७७ जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्