Logo
Logo

टिपर दुर्घटना हुँदा धनकुटामा २ जनाको मृत्यु



काठमाडौं । टिपर दुर्घटना हुँदा धनकुटाको धनकुटा नगरपालिका-२ नागढुङ्गामा आज बिहान दुई जनाको मृत्यु भएको छ । टिपरले च्यापिदा चालक र परिचालकको मृत्यु भएको हो ।

प्रहरी चौकी हिलेले जनाए अनुसार टिपर चालक प्युठानको माण्डबी गाउँपालिका १ का २७ वर्षीय भुबन ठेडी मगर र परिचालक दाङको बबई गाउँपालिका ३ का २१ वर्षीय नबिन विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।

धनकुटाबाट बसन्तपुर जाँदै गरेको बाग्मती प्रदेश, ०३-००१ क ०५४९ नम्बरको टिपर आज बिहान पौने ५ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी २५ मिटर तल खसेको थियो ।

यस्तै दाङको दंगिशरण गाउँपालिका ४ हेकुलीमा रोकिराखेको ट्याक्टरमा, अटो रिक्सा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो रिक्सामा सवार ५० वर्षीय नेत्र बुढाथोकी (दीपक) रहेका छन् ।

घाइते भएका उनको उपचारका क्रममा आज बिहान ५ बजे नर्सिङहोम नेपालगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । अटो रिक्सा चालक स्थानीय १७ वर्षीय मनिष चौधरीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्