Logo
Logo

भारतीय प्रधानमन्त्री मोदीको अभिव्यक्तिप्रति साझा पार्टीद्वारा ध्यानाकर्षण



काठमाडौं । विवेकशील साझा पार्टीले नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको सार्वजनिक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

साझा पार्टी शुक्रबार विज्ञप्ति जारी गर्दै भारतीय प्रधानमन्त्री मोदीको अभिव्यक्तिबारे नेपाल सरकारको अस्वाभाविक एवं रहस्यमय मौनताप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरी संविधान संशोधनमार्फत निसान छापमा उक्त नक्सा राखिसकिएको अवस्थामा मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ, त्यति नै आपत्तिजनक हाम्रो सरकारको मौनता र लाचारी पनि छ ।’

भारतीय प्रधानमन्त्री मोदीको उक्त अभव्यिक्ति कूटनीतिक निःसन्देह आवेग र उत्तेजनाको विषय नभएको समेत जनाउँदै साझा पार्टीले भनेको छ, ‘अन्तर्राष्ट्रिय कानुनविपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि लगातार ठाडो हस्तक्षेप गर्ने भारतको मिचाहा प्रवृत्ति पुनरावृत्त हुँदा नेपाल सरकारले समयमै आवश्यक प्रतिवाद गर्न नसक्ने हो भने त्यसका दूरगामी असर मुलुकले भोग्नुपर्ने हुन्छ ।’

साथै, नेपाली भू–भागमा छिमेकीको मनपरी देश प्रेमी कुनै पनि नागरिकलाई स्वीकार्य नहुने बताउँदै सबै खाले संरचना निर्माण कार्य तत्काल रोक्न भारतसँग अविलम्ब कूटनीतिक संवाद अघि बढाउन साझा पार्टीले सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्