Logo
Logo

गुडविल फाइनान्सको १३ प्रतिशत लाभांश पारित



काठमाडौं । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था)ले १३ प्रतिशत लाभांश पारित गरेको छ । संस्थाको पुस २९ गते बसेको साधरणसभाले उक्त लाभांश पारित भएको जनाएको हो ।

सभाले फाइनान्सको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको ९.१ प्रतिशत बोनस शेयर तथा ३.९ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

सभामा सरकारले घोषणा गरेको लकडाउन तथा अन्य विविध समस्याका कारण व्यवसायमा उत्पन्न हुन गएको शिथिलताका बाबजुद पनि वित्तीय संस्थाले गत वर्षभन्दा बढी प्रतिफल दिन सकेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधर बताए ।

प्रतिक्रिया दिनुहोस्