Logo
Logo

‘स्रष्टा र सिर्जना’मा गुञ्जिए फूलमान


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ जेठ । चुरो भावर क्षेत्रबाट ठिक माथि पर्छ महाभारत पर्वत श्रृंखला । तामाङ समुदायको घना बसोबास रहेको काभ्रे, सिन्धुली र मकवानपुरको महाभारत क्षेत्रमा पछिल्लो समय के कस्तो सामाजिक–सांस्कृतिक परिवर्तन आइरहेको छ ? विहीबार राजधानीमा कवितामार्फत प्रस्तुत गर्दै थिए कवि फूलमान वल । सांस्कृतिक संस्थानको एकल कविता वाचन श्रृंखला ‘स्रष्टा र सिर्जना’मा यसपटक कवि वल प्रस्तुत भएका हुन् । उनले विभिन्न विषय र भावका एक दर्जन कविता सुनाए ।
‘महाभारतकी मैंच्याङ’ कवितामा तामाङ समाजको सांस्कृतिक विम्बहरुको बढि प्रयोग गरेका उनले ‘आजका मान्छे’ मा तीब्र बजारीकरणले जनजीवनमा पारेको असर, ‘शीतलहर’मा तराईको कथा, ‘बुद्धस“ग जम्काभेट’मा श्रमजीविहरुको व्यथा, ‘दोस्रो जुनी’मा तामाङ समाजको अ“ध्यारो इतिहास र ‘इन्द्रेणी गीत’मा सह–अस्तित्वमुलुक समाजको परिकल्पना अभिव्यक्त गरे ।
त्यस्तै उनले ‘बाग्मतीको आत्मलाप’मा काठमाडौं उपत्यकाको वैकल्पिक सोच, ‘भ्यालेन्टाइन्स डेको जुन’मा प्रेमको नाममा हुने शोषण, ‘निद्रा’ मा गाउ“ र शहरबिचको तुलना ‘भुइ“चालो’ शिर्षकको कविता आदिवासी चेतना प्रस्तुत गरे । एक कथासंग्रह, एक कविता संग्रह र दूई नाट्य कृतिका सर्जन वलका कवितामा सौम्य र सालिन व्रिदोही चेतना पाइने लेखक एवं राजनीतिकर्मी रघुजी पन्तले बताए । उनले रुसी साहित्यकार पुश्किनको उदाहरण दि“दै वलका कवितामा भिन्नै शैली, भुगोल र चेतना पाइने दावी गरे ।
कवितामाथि समिक्षा गर्दै वासुदेव अधिकारीले वलका कवितामा तामाङ समाजको सजीव चित्रण भेटिने बताए । अधिक विम्वको प्रयोगले केही कविता भने क्लीष्ट बन्न पुगेको उनले टिप्पणी गरे । वलका सिर्जना र व्यक्तित्वमाथि कवि अनिल पौडेल, खेम नेपाली, संस्कृतिविद खगेन्द्र राई, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा कवि अनिता लामा लगायतले प्रकाश पारेका थिए ।
‘स्रष्टा र सिर्जना’को यो चौधौं श्रृंखला हो । स्रष्टाहरुको सम्मानमा हरेक महिनाको तेस्रो विहीबार श्रृंखलालाई निरन्तरता दि“दै आइरहेको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्