Logo
Logo

निर्वाचन आयोगमा सर्वदलीय बैठक : राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनबारे छलफल



काठमाडौं । निर्वाचन आयोगले बोलाएको सर्वदलीइ बैठक जारी छ । आयोगले शुक्रबार राजनीतिक दलहरुसँग परामर्शका लागि सर्वदलीय बैठक बोलाएको हो ।

स्थानीय चुनावबारे दलहरुसँग छलफलका बैठक बोलाइएको आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिएका छन् । आयोगका अनुसार बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १७ दललाई निमन्त्रणा गरिएको हो ।

नेपाली कांग्रेसका रमेश लेखक, एमालेका तर्फबाट विष्णु रिमाल र निरज आचार्य डा भीष्म अधिकारी तथा माओवादी केन्द्रका तर्फबाट लीलामणि पोखरेल एवंं नेमकिपाका प्रेम सुवाल, नेपाली जनता दलका हरिचरण शाह तथा नेपाल संघीय समाजवादी पार्टीका मोहम्मद रिजवान अन्सारीलगायतका नेता आयोगले बोलाएको बैठकमा सहभागी छन् ।

तर, एकीकृत समाजवादी, जनता समाजवादीलगायत दलका प्रतिनिधि भने आयोग पुगेका छैनन् । केही दलका प्रतिनिधिले भर्चुअल रुपमा सहभागी हुने जनाएको आयोगको भनाइ छ ।

आयोगले यही माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका बारेमा समेत दलहरुसँग छलफल गर्नेछ ।

त्यस्तै स्थानीय तहको निर्वाचनको मिति तय गर्ने विषयमा समेत आज छलफल हुँदैछ । निर्वाचन आयोगले गत पुस ९ गते नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वैशाख १४ र २२ गते स्थानीय तहको चुनावका विषयमा प्रस्ताव गरेपनि यस बारेमा सरकारले निर्णय गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्