Logo
Logo

केएमसीका सञ्चालक शर्मालाई सिंहदरबारभित्रै कालोमोसो



काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)का सञ्चालक सुनिल शर्मलाई विद्यार्थीले कालोमोसो दलेका छन् ।

शिक्षा मन्त्रालयमा भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा सोही कलेजमा अध्ययनरत विद्यार्थीले कालोमोसो दलेका हुन् । शर्मालाई नेकपा (एकीकृत समाजवादी) पार्टीको भातृसंस्था अनेरास्ववियूका विद्यार्थीहरुले कालोमोसो दलेका हुन् ।

शर्मालाई उपमहासचिव महेश श्रेष्ठ नेतृत्वमा कालोमोसो दलिएको थियो । कालोमोसो दल्ने उपमहासचिव श्रेष्ठसहित स्थायी कमिटी सदस्य अमर पुनलगायत पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केएमसीले अतिरिक्त शुल्क माग गरेपछि विद्यार्थी आन्दोलित छन् । आन्दोलनमा उत्रिएका विद्यार्थीले केएमसीलेि विभिन्न शीर्षकमा करीब २० लाख रुपैयाँ अतिरिक्त शुल्क माग गरेको बताउँदै आएका छन् ।

चिकित्सा शिक्षा आयोगले काठमाडौँ उपत्यकाभित्र एमबीबीएस अध्ययनरत विद्यार्थीहरूका लागि ४० लाख २३ हजार २५० रुपैयाँ अध्ययन शुल्क निर्धारण गरे पनि केएमसीले अध्ययन अवधिभर करीब ६० लाख रुपैयाँ तिर्ने सम्झौता पत्रमा हस्ताक्षर गर्न दबाव दिएको विद्यार्थीहरूको गुनासो छ ।

त्यस्तै उपत्यका बाहिर एमबीबीएस अध्ययन गर्ने विद्यार्थीका लागि आयोगले ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरे पनि नोबेल मेडिकल कलेजले विद्यार्थीहरूबाट थप १५ लाख अतिरिक्त शुल्क माग गरेको उनीहरूको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्