फोनिजको महाधिवेशन सर्यो, फागुन ७ र ८ गते चितवनमा हुने « Drishti News – Nepalese News Portal
Logo

फोनिजको महाधिवेशन सर्यो, फागुन ७ र ८ गते चितवनमा हुने


दृष्टि संवाददाता


काठमाडौं । माघ ७ र ८ गतेका लागि तय भएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौं संघीय महाधिवेशनको मिति सरेको छ ।


कोभिड–१९ संक्रमितको संख्या बढेपछि सरकारले २५ जनाभन्दा धेरै भेला हुन नदिने निर्णय गरेसँगै चितवनको सौराहमा सम्पन्न हुन लागेको फोनिज महाधिवेशनको मिति गरेको हो ।


बिहीबार भर्चुअल रुपमा सम्पन्न फोनिजको संघीय समिति बैठकले अधिवेशनको नयाँ मिति तय गरेको छ । महासचिव मनोज घर्तीमगरद्वारा जारी प्रेस वक्तव्यअनुसार एक महिनापछि फागुत ७ र ८ गते चितवनमै महाधिवेशन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्