Logo
Logo

कोरोना नियन्त्रणमा सबै एकजुट हुन आवश्यक : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । शनिबार प्रमुख प्रतिपक्षी नेकपा एमालेले बुझाएको कोभिड नियन्त्रणका विषयमा ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री देउवाले कोरोनाको तेस्रो लहरसँग आएको ओमिक्रोन भाइरस धेरै संक्रामक भएकाले सावधानी अपनाउँदै सचेतना फैलाउन सरकारले पहल गरिरहेको बताए । उनले भने, ‘कोरोना नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ । सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ ।’

प्रधानन्त्रीले आफुले सरकारको नेतृत्व गरेपछि कोभिड विरुद्धको खोप लगाउने संख्या बृद्धि भएको बताउँदै सबै खोप लगाउन योग्य नागरिकलाई दुवै डोज खोप लगाउने गरी सरकार अघि बढेको पनि बताए । नेकपा एमालेका नेता सुभाष नेम्वाङको नेतृत्वले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्