Logo
Logo

प्रदेश प्रमुख खापुङ र बेपत्ता छानबिन आयोगका अध्यक्ष सुवेदीबिच भेटवार्ता


2.3k
Shares

काठमाडौं । प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङ र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नेपालका अध्यक्ष युवराज सुवेदीबिच भेटवार्ता भएको छ ।

सो क्रममा प्रदेश नं १ मा बेपत्ता पारिएका व्यक्तिहरुको नामावली, परिचयपत्र सम्बन्धि जानकारी गराएका छन् । भेटमा अध्यक्ष सुवेदीले २०५२ साल फागुन १ गतेदेखि २०६३ साल मंसिर ५ गतेसम्म भएको सशस्त्र द्वन्द्वको क्रममा मानव अधिकारको गम्भीर उलङ्घन गरी बलपूर्वक बेपत्ता परिएका व्यक्तिहरुको सम्बन्धमा सत्य अन्वेषण तथा छानबिन गरी वास्तविक तथ्य पत्ता लगाएर पीडितलाई राहातको व्यवस्था र पिडकलाई कानुनी कारबाहीको लागि सिफारिस गर्न खापुङलाई आग्रह गरेका छन् ।

सो क्रममा आयोगका अध्यक्ष सुवेदीले ७ सय घर परिवारको २८ सय जनालाई परिचयपत्र उपलब्ध गराइसकेको समेत प्रदेश प्रमुख खापुङलाई जानकारी गराए ।

भेटका क्रममा बेल्दै प्रदेश प्रमुख खापुङले यो राष्ट्रिय समस्या भएकोले यसलाई सबैले सहयोग गरेर आयोगलाई सघाउनुपर्ने बताए । उनले परिचयपत्र पाएकाहरुलाई पनि राज्यबाट पाउँने सुविधा दिलाउन आफुले सरकारलाई आग्रह गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्