Logo
Logo

रापक बाजुराकै पहिलो सुरक्षित खानेपानीयुक्त बस्ती


नन्दा थापा


बाजुरा । बडिमालिका नगरपालिका वडा नं. ८ रापकका दुई वटा टोललाई जिल्लाकै पहिलो सुरक्षित खानेपानीयुक्त टोल घोषणा गरिएको छ । रापक बस्तीका बाणी खानेपानी र दाणिम्पानी खानेपानी आयोजनाका उपभोक्ताले सुरक्षित पानी खान थालेपछि सुरक्षित खानेपानीयुक्त टोल घोषणा गरिएको हो ।

सरोकारवाला निकाय र स्थानीय तहले अनुगमन गरेर आज एक औपचारिक कार्यक्रमबिच सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरेको नगरपालिकाका उपप्रमुख कबिता बिष्टले बताए । यी बस्तीमा केहि महिनाअघि एक घर एक धारा जडान गरिएको थियो । युनिसेफ नेपालको पहलमा एक घर एक धारा निर्माण गरिएको हो ।

नेपाल सरकारको मापदण्ड जैबिक तथा रसायनिक कार्यबिधी–२०६२ अनुसार खानेपानीको परीक्षण गर्दा सुरक्षित रहेको प्रमाणित भएपछि सुरक्षित खानेपानीयुक्त गाउँ घोषणा गरिएको नगरपालिकाका प्रमुख प्रशासकि अधिकृत रंगमल बिकले बताए ।

प्रतिक्रिया दिनुहोस्