Logo
Logo

माओवादी केन्द्र प्रदेश १ का पदाधिकारीद्वारा पदभार ग्रहण



विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ समितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । विराटनगरस्थित प्रदेश १ को कार्यालयमा आज साँझ पदाधिकारीले पदभार ग्रहण गरेका हुन् ।

माओवादीका प्रदेश १ इन्चार्ज राम कार्की, सहइन्चार्ज सावित्रीकुमार काफ्ले, केन्द्रीय सदस्य हिमाल राई र इन्द्रबहादुर आङ्बोले पदाधिकारीलाई पदभार ग्रहण गराएका हुन् ।

माओवादीको प्रदेश १ अध्यक्षमा भारी मतका साथ हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका थिए । यस्तै उपाध्यक्षमा मणिकुमार साम्पाङ, देवान चाम्लिङ र
शिवकुमार डाँगी, सचिवमा गणेश उप्रेती, सहसचिवमा कुमारी राई, सागर किराँती र ऋषिराम ढुंगाना तथा कोषाध्यक्षमा रेवतराज पुरी (गगन) विजयी भएका थिए ।

९ जना पदाधिकारीका लागि गत पुस ७ गते निर्वाचन भएको थियो । प्रदेश १ को प्रथम अधिवेशन भने गत मङ्सिर २५ र २६ गते नै सम्पन्न भएको थियो । उक्त अधिवेशनबाट निर्वाचित २५९ जना कार्यसमिति सदस्य
मतदानमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्