Logo
Logo

टेलिकमले ल्यायो आकर्षक विन्टर अफर



काठमाडौं । नेपाल टेलिकमले माघ ३ गतेदेखि लागू हुने गरी विन्टर अफर २०७८ उपलब्ध गराएको छ । कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराएको हो ।

अफरअन्तर्गत कम्पनीले नै उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेजसमेत उपलब्ध गराउने भएको छ । पहिले २८ दिनका लागि रु. ५९९ मा लिन सकिने ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध भइरहेकामा अब ‘सजिलो अनलिमिटेड प्रिपेड ७९९’, ‘सजिलो अनलिमिटेड प्रिपेड ९९९’ र ‘सजिलो अनलिमिटेड प्रिपेड १४९९’ प्याकसमेत उपलब्ध हुने भएको छ ।

यसमा ग्राहकलाई अनलिमिटेड भ्वाइस कल र निश्चित डाटा (प्रतिदिन क्रमशः १ जीबी, २ जीबी र ४ जीबी) लगायका सेवाहरु उपलब्ध गराइएको छ । डाटा प्याक सकिए पनि अतिरिक्त शुल्कबिना नै इन्टरनेट चलाउन सकिने सुविधा यी प्याकहरूको मुख्य विशेषता हो ।

सस्तो प्रिपेड कम्बो प्याकमा थप सुविधा उपलब्ध गराइने छ । यसअन्तर्गत २९९ रुपैयाँमा अब २८ दिनसम्म चलाउन मिल्ने गरी १५० मिनेट अन–नेट भ्वाइस कलका साथै २० वटा एसएमएस पठाउन र २ जिबी डाटासमेत चलाउन सकिने छ ।

यसैगरी टेलिकमको भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवा प्रयोगकर्ताका लागि उपलब्ध भइरहेको विभिन्न अफर निरन्तर रहने जनाइएको छ । पहिलोपटक यो सेवा एक्टिभ गर्ने ग्राहकले २८ दिनसम्म प्रयोग गर्न सक्ने गरी निःशुल्क १०० मिनेट अन–नेट कलको सुविधा पाउने छन् । साथै फोरजी होम ब्रोडब्यान्ड लिने ग्राहकका लागि मासिक र वार्षिकरूपमा लिन सकिने बेसिक र प्रिमियम प्याकेज उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्