Logo
Logo

अध्यक्ष प्रचण्ड कोरोनामुक्त



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोनामुक्त भएका छन् । प्रचण्डको नीजि सचिवालयका अनुसार पछिल्लो पटक आइतबार बिहान गरेको स्वाव परीक्षणको रिर्पोट नेगेटिभ आएको हो ।

गत शुक्रबार (पुस २३) गते पीसीआर परीक्षण गर्दा प्रचण्डमा कोरोना संक्रमण देखिएको थियो । त्यसयता उनी निजी निवासमै आइसोलेसनमा थिए ।

प्रचण्डसँगै माओवादी केन्द्रका केही नेताहरुलाई पनि कोरोना संक्रमण देखिएको थियो । नेता नारायणकाजी श्रेष्ठ लगायत केही पदाधिकारी र केन्द्रीय समितिका सदस्यहरुलाई कोरोना देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्