Logo
Logo

प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता, स्थानीय तह निर्वाचनबारे छलफल



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संवैधानिक व्यवस्थाअनुसार निर्वाचन गर्ने विषयमा छलफल भएको हो ।

स्थानीय सरकारहरुलाई जनप्रतिनिधिविहिन अवस्थामा राख्न नहुने संवैधानिक व्यवस्थाअनुसार समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा दुई नेता एकमत भएका छन् । प्रचण्डसँको छलफलबमोजिम प्रधानमन्त्री देउवाले भोलि बिहान बस्ने उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा प्रस्ताव गर्ने भएका छन् ।

दुई नेताको छलफलअनुसार भोलि बस्ने समन्वय समितिको बैठकले स्थानीय तहको निर्वाचनबारे निर्णय गर्नेछ । त्यसैका आधारमा सरकारले निर्वाचनको मिति तोक्ने छ ।

प्रतिक्रिया दिनुहोस्