Logo
Logo

पशुपति धर्मशाला बतास समूहलाई दिने सम्झौता रद्द गर्न सिफारिस



काठमाडौं । सरकारले पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग सम्झौता खारेज गर्ने तयारी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन भएको समितिले मिलेमतोमा सम्झौता गैर कानूनी रुपमा गरिएको भन्दै खारेज गर्न सिफारिस गरेको हो ।

आइतबार पर्यटनमन्त्री प्रेम आलेले पशुपति धर्मशालाको निरीक्षण गरेको थिए । उनले धर्मशाला सेभेन स्टार होटलजस्तो भएको बताएको थिए ।

अहिले बतास समूहले धर्मशाला भाडामा लिएर होटल सञ्चालन गरिरहेको छ । नारायणहिटी प्रकरणपछि बतास समूहले भाडामा लिएको धर्मशालाको विवाद चर्किएको थियो ।

प्रतिक्रिया दिनुहोस्