Logo
Logo

६ हजार ७३४ जनामा कोरोना पुष्टि



काठमाडैं । नेपालमा सोमबार ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १४ हजार १४ पिसिआर परिक्षणका क्रममा ५ हजार ७ सय ४७ जना र ३ हजार ४ सय ५१ एन्टीजेन परिक्षणका क्रममा ९ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६ सय २३ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ५ सय ४७ जना निको हुँदा हालसम्म नेपालमा ८ लाख १६ हजार ९ सय ८५ जना निको भएका छन् । हाल नेपालमा ३० हजार ८ सय ७७ सक्रिय संक्रमित आइशोलेशनमा र एक सय जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्