Logo
Logo

पदोन्नति भएका २२ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह



काठमाडौं । नेपाल प्रहरीका विभिन्न पदमा पदोन्नति भएको २२ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

गृहमन्त्रालय मन्त्रीस्तरको निर्णय अनुसार प्रहरी नायव महानिरीक्षक (डिआइजी) र प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) तथा नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको निर्णय अनुसार प्राविधिक प्रहरी नायव उपरीक्षक (डीएसपी) र प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमकाबीच उनीहरुलाई प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

आइजीपी क्षेत्रीले डिआइजी पूजा सिंह, एसपी राम कुमार चौधरी, ६ जना प्राविधिक प्रहरी नायव उपरीक्षक (डीएसपी) र १४ जना प्राविधिक प्रहरी निरीक्षकलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

आइजीपी क्षेत्रीले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै पदोन्नतिसँगै थपिएको जिम्मेवारी वहन गर्न क्रियाशिल हुन निर्देशन दिए ।

कोभिड–१९को बढ्दो संक्रमणप्रति संवेदनशील एवम् चनाखो भई आफू र आफ्नो मातहत प्रहरी कर्मचारी परिचालन गर्न निर्देशन दिँदै उनले समाजमा हुन सक्ने सुरक्षा चुनौतिप्रति सजग र सचेत भई शान्ति सुरक्षा कायम गर्न अझ क्रियाशिल हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्