Logo
Logo

कामना सेवाले गर्यो करिब १ अर्ब खुद सञ्चालन आम्दानी



काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमासिकमा सोही वर्षको खुद सञ्चालन आम्दानीको तुलनामा २१ प्रतिशत वृद्धि गरी करिब १ अर्ब खुद सञ्चालन आम्दानी गरेको छ । दोस्रो त्रैमासिक सम्ममा (गत वर्ष करिब २० करोडको हाराहारीमा रहेको) शून्य गैर सञ्चालन आम्दानी भए पनि करपछिको नाफा (पिएटी) करिब १२ प्रतिशतले मात्रै घटेको छ ।

बैंकको निक्षेप ४८.९२ अर्ब पुगेको छ भने कर्जा ४४.९० अर्ब पुगेको छ । जुन तत्कालको आर्थिक वर्षको तुलनामा क्रमशः १०.६९ प्रतिशत र १०.९८ प्रतिशतले बढेको हो । बैंकको पूँजी पर्याप्तता अनुपात १२.३२ प्रतिशत कायम गरेको छ भने प्रतिशेयर आम्दानी २१.८७ रहेका छ । बैंकको हालको चुक्ता पूँजी ३.१४ अर्ब र जगेडा कोषमा ९.६७ करोड रहेको छ । साथै निष्क्रिय कर्जा अघिल्लो त्रैमासिकमा १.७९ प्रतिशत रहेकामा यस त्रैमासिकसम्ममा १.७७ प्रतिशतमा घटेको छ । त्यस्तै बैंकको पीई रेसियो २५.७४, प्रति शेयर नेटवर्थ १३३.०२ र आधार दर ९.२७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्