काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना कोरोना संक्रमित भएका छन् ।
तिमिल्सिनाका प्रेस विज्ञ अशोक पौडेलकाअनुसार विगत तीन दिनदेखि कोरोनासंग मिल्दोजुल्दो लक्ष्ण देखिएपछि मंगलबार गरिएको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएको हो ।
अध्यक्ष तिमिल्सिनाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले बालुवाटारस्थित सरकारी निवासमा स्वास्थ्यलाभ गरिरहेका छन् ।
स्वास्थ्यकर्मीको सल्लाहअनुसार स्वास्थ्य मापदण्ड अपनाउँदै उनी केही दिन निवासमै आइसोलेशनमा रहनेछन् ।














