Logo
Logo

महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण



काठमाडौं । महालक्ष्मी विकास बैंकले सुन्दरी देवी माध्यमिक विद्यालयका विद्यार्थीलाई ज्याकेट वितरण गरेको छ । बैंकको पालुङ शाखाले थाहा ̵७ डाँडाबासस्थित सो विद्यालयको ६३ जना विद्यार्थीलाई ज्याकेट वितरण गरेको हो । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमकाबीच पालुङ शाखाका शाखा प्रबन्धक संगीता बज्राचार्यले विपन्न परिवारका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकी हुन् ।

जाडो बढेसँगै स्कुल आउन समस्या भोगिरहेका विद्यार्थीलाई ज्याकेट वितरण गरिनुले दैनिक पठनपाठनमा र विद्यालय सञ्चालनमा सहयोग पुग्ने बज्राचार्यले बताइन् । यस बैंकले कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तिय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्