Logo
Logo

महालक्ष्मी नगरपालिकाका तीन हजार ८० लाभग्राहीको घर बनेन


0
Shares

ललितपुर, २३ पुस (रासस) ः महालक्ष्मी नगरपालिकाका भूकम्पपीडितमध्ये तीन हजार ८० जनाको घर अझै बनिसकेको छैन । कतिपयको अनुदान सम्झौता नै हुन बाँकी रहेको छ भने कतिको पहिलो किस्ता लिएर पनि बनाउन शुरु नगर्दा र कतिको नक्सापास हुन बाँकी रहेको छ । घर निर्माण सकेर तेस्रो किस्ता लिनेको सङ्ख्या ५७७ जना मात्रै छ । 



नगरपालिकामा रहेका जम्मा लाभग्राहीमध्ये १५ दशमलव छ प्रतिशत लाभग्राहीले मात्रै तेस्रो किस्ता लिएका छन् । दोस्रो किस्ता लिने लाभग्राहीको सङ्ख्या ६९० रहेको छ । नगरपालिकामा जम्मा लाभग्राही सङ्ख्या तीन हजार ६५७ रहेका छन् । तीमध्ये दुई हजार ८५४ सँग अनुदान सम्झौता भएको नगर प्रमुख रामेश्वर श्रेष्ठले बताउनुभयो । 

आठ सय ३० जना लाभग्राहीसँग अनुदान सम्झौता हुन नै बाँकी छ । पहिले प्राविधिकले जाँच गर्दा छुटेकालाई नगरपालिकाले लाभग्राही सूचीमा पार्न सिफारिस गरिरहे पनि कार्यान्वयन भएको छैन । उहाँले भन्नुभयो, “भूकम्प गएको यतिका समय बित्दा पनि उनीहरु पालमुनि नै छन् र घर बनाउन सम्झौता अझै हुन सकेको छैन ।” 

मुलुक सङ्घीयतामा गइसक्दा पनि पुनःनिर्माण विकेन्द्रीकृत हुन नसक्दा ढिलाइ भइरहेको प्रमुख श्रेष्ठले बताउनुभयो । अनुदानको किस्ता पाउनका लागि लाभग्राही धेरै वटा कार्यालयमा धाउनुपर्ने बाध्यता छ । 
सरकारले दिने अनुदान रकम कम हुने र बैङ्कबाट सहजरुपमा ऋण नपाउँदा धेरेले घर निर्माण गर्न ढिलाइ गरेका छन् । कतिका आफ्ना नाममा जग्गा नहुने त कतिको संयुक्त घरले गर्दा निजी घर बन्न ढिलाइ भइरहेको छ । उहाँले भन्नुभयो, “धेरै खालका समस्यामा नीतिगत निर्णय गर्दा मात्रै घर निर्माण अघि बढ्न सक्छ ।” 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000