Logo
Logo
काममा लापरवाही

अन्तर्राष्ट्रिय सभाहल निर्माणमा ढिलाइ



बुटवल । २०७४ असार १४ गते सम्पन्न हुनुपर्ने बुटवल मण्डपमा निर्माणाधिन आधुनिक अन्तर्राष्ट्रिय सभाहल अहिले सम्म सकिएको छैन ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रुपन्देहीको रेखदेखमा बुटवलको प्रर्दशनी स्थल बुटवल मण्डपमा करिब १० बिगाहा जग्गामा यसको निर्माण सुरु भएको हो ।

पछिल्लाे समय यो सभाहलको काममा ब्यापक लापरवाही समेत भएको पाइएको छ । सभाहलको भित्र सिलिङ्ग पंंखा जडान, रंङ रोगन बिधुतिकरणको काम सकिएको देखिन्छ ।अहिले फेरि त्यहीँ ठाउँमा भित्र पंंखा भएकै अवस्थामा वाहिरवाट आल्मुनियम सिलिङ्गको जिप्सन लगाउने काम भइरहेको छ । हाईट कमभएकोले यसरी काम गर्नुपरेको प्राविधिकले बताएका छन् ।

हुन त यो भवनको बाहिरको सडक र परिसरको भागमा पनि सर्फेसमा मोटाछड राखेर सोझै ढलाईको काम गरिएको छ । त्यसमाथि फेरी ब्लक राखिएको छ । यसले यो निर्माण वातावरण मैत्री देखिँदैन भनि जमिनको सतहमा रोलिङ्ख नगरि सिधै ढलाइ गरिएकोले काम टिकाउ हुनेपनि देखिँदैन ।

तर निर्माणको कामको जिम्मा लिएका ईन्जिनियरिङ्ग शम्भू शाह ले बढिखर्च भएपनि आफुहरुले दिएको डिजाईन अनुसार काम गरेको वताउछन् ।

बुटवलमा नेपालकै नमुना सुविधा सम्पन्न अन्र्तराष्ट्रिय सभाहल निर्माणको काम अहिले आएर धमाधम भइरहेको छ । तर निर्माणमा सरोकारवाला निकायको आबश्यकता अनुसार अनुगमन हुन सकेको देखिँदैन । जसका कारण काम गुणस्तरीय हुनेमा आसंंका उब्जिएको छ । निर्माणकै चरणमा रहेको भित्र भित्तामा पानीको ओसेप समेत आइसकेको देखिन्छ ।

यो भवनको काम लकडाउनले प्रभाव पारे पनि आगामी असार मशान्त सम्म काम सक्ने गरि निर्माणका बिभिन्न काम भईरहेको ईन्जिनियर शम्भु शाह वताउछन् ।

हुन त निर्माणको सुरुमै निर्माण स्थलका रुखहरु काट्ने हटाउने काम समयमै हुन नसक्नु र नाकाबन्दी हुनुले पनि यो भवन निमार्णमा ढिलाइ भइरहेको थियो ।

शुरुमा करिब १ अर्ब २५ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिए अनुसार पहिलो चरणको लागि करिब २७ करोडको लागतमा सभाहलको निर्माण कार्य रविना समानान्तर सुर्य चन्द्र कन्सट्रक्सनले गरिरहेको थियो । अहिले यस्को लागत केही बढेको वताईन्छ भनि जेसिजिआईसि आरसिजेड कन्टक्सनले पछिल्ला फलाम र सिभिलको काम गरिरहेको छ ।

बुटवल मण्डप रामनगरमा बन्न लागेको यो ३ तले सभाहल अब नरोकिने हो भने ६ महिनामा सम्पन्न हुने छ् । ३ तले चन्द्र सुर्यको हाम्रो झण्डाको आकारमा बन्ने मुख्य सभाहलमा एक हजार १ सय १४ सिट रहने छ । यसको ग्राउण्ड फ्लोरको एरिया ५ हजार १ सय ५१ स्क्विायर किलोमिटर रहने छ । अन्य ब्रिफिङ् हल ५० सिटको, मिटिङ्ग हल ५० सिटको र लेक्चर हल ५०÷५० सिटको रहने बताइएको छ ।

यो अन्र्तराष्ट्रिय सभाहल निर्धारित समयभन्दा निकै ढिलो भइसकेको छ । यो हलको निमार्ण सम्पन्न भइसकेपछि महत्वपूर्ण गोष्ठि सेमिनारहरु यहिँ सम्पन्न हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्