Logo

पार्टीभित्र गुटबन्दी अन्त्य हुनुपर्ने कांग्रेस नेताहरुको जोड


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ जेठ । नेपाली कांग्रेसका नेताहरुले पार्टीभत्रको एकता अहिले अपरिहार्य भएको बताएका छन् । पार्टीभित्रै एकता नभए फेरि पनि कांगेस पछि पर्नुपर्ने अवस्था आउने उनीहरुको भनाइ छ ।
राष्ट्रिय जनजागरण अभियानअन्तर्गत नेपाली कांग्रेस पश्चिम नवलपरासीले शनिबार भूमहीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा नेताले यस्तो बताएका हुन् । नेता डा शेखर कोइरालाले पार्टी्भित्रको गुटउपगुट अन्त्य हुनुपर्नेमा जोड दिए ।
उनले पार्टीको महाधिवेशन समयमै गर्न पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराए । एक प्रसंगमा नेता कोइरालाले ओली सरकार तानाशाही बन्दै गएको आरोप लगाए । प्रेस स्वतन्त्रता, न्यायालयलगायतमा सरकारले हस्तक्षेप गरेको उनको भनाइ थियो । अर्का नेता अमरेशकुमार सिंहले पार्टीको महाधिवेशन लम्ब्याउने चलखेल भएको भन्दै म्याद थप नगरी महाधिवेशनमा जानुपर्ने धारणा राखे । उनले पार्टीमा समावेशी, समानुपातिक प्रतिनित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिए । नेता सिंहले नागरिकता विधेयक तत्काल टुंग्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । त्यस्तै, अर्का नेता प्रदीप गिरीले एकजुट भएर कांग्रेसलाई अघि बढाउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्