Logo
Logo

नेपाली सेनाका मेजर अशोक शाही बर्खास्त



काठमाडौं । सैनिक अनुशासन विपरीत कार्य गरेको ठहर गर्दै सैनिक अदालतले नेपाली सेनाका मेजर अशोक शाहीलाई दर्खास्त गरेको छ ।

सैनिक स्रोतका अनुसार सहायक रथी कृष्णबहादुर जिसीको नेतृत्वमा गठित समरी जनरल सैनिक अदालतले शाहीलाई दोषी ठहर गर्दै बर्खास्त गर्ने फैसला गरेको हो ।

मेजर शाही गत कात्तिक २२ गते मदक पदार्थ सेवन गरेर कैलालीको चिसापानी बजार पुगेका थिए । अबेर राति एक होटलमा जबरजस्ती पसेका शाही र होटल संचालकबीच विवाद भएको थियो ।

होटल संचालक र शाहीबीच विवाद हुँदा हल्ला भएपछि स्थानीय भेला भएर यिन्त्रणमा लिइ शाहीलाई कुटपिट गरेका थिए । सोही विषयलाई लिएर मेजर शाहीलाई कारवाही गरिएको हो ।

शाही लम्कीचुहा नगरपालिकास्थित नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालयमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्