Logo
Logo

१८ हजार नेपालीको राहदानी विवरण इन्टरपोलमा



काठमाडौं । राहदानी विभागले १८ हजार ७७१ नेपाली नागरिकको विवरण अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा दर्ता गराएको छ ।

राहदानी नियमावली, २०२० अनुसार विभागले हराएका राहदानीको विवरण नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत १९४ राष्ट्र सदस्य रहेको इन्टरपोलमा दर्ता गराएको हो ।

नियमावलीअनुसार हराएका राहदानीबारे इन्टरपोललाई समय–समयमा अद्यावधिक गर्नुपर्ने हुन्छ ।

परराष्ट्र मन्त्रालयले जारी गरेको नेपालको परराष्ट्र मामिलासम्बन्धी वार्षिक प्रतिवेदनमा विभागले हराएको राहदानीको विवरण नियमित रूपमा इन्टरपोललाई पठाउँदै आएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्