Logo
Logo

अर्ली इलेक्सनमा एमालेको असहमति छैन् : महासचिव पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अर्ली इलेक्सनमा आफूहरुको असहमति नभएको बताएका छन् । शुक्रबार महासचिव पोखरेलले पुरानो जनादेश खण्डित भएको अवस्थामा नयाँ जनादेश नै एमालेको चाहना भएको बताएका हुन् ।

स्थानीय तहको चुनाव समयमै नगर्ने र स्थानीय तह रिक्त बनाउँदै दुरुपयोग गर्ने पाँच दलीय गठवन्धनको कुनियत भएको उनले आरोप लगाएका छन् । ‘तर विभिन्न वहनामा स्थानीय तहको चुनाव समयमै नगर्ने र स्थानीय तह रिक्त बनाउँदै दुरुपयोग गर्ने पाँच दलीय गठवन्धनको कुनियतप्रति भने एमालेको गम्भीर असहमति छ’ महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाखमा अर्ली इलेक्सन गर्न प्रस्ताव गरेका छन्, जसमा नेकपा (एकीकृत समाजवादी) पनि सहमत देखिएको छ । सोही विषयलाई लिएर महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्