Logo
Logo

५ देखि ११ वर्षसम्मका बालबालिकालाई छिट्टै खोप दिइने



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई चाडै नै खोप दिने सरकारको तयारी रहेको बताएका छन् ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई खोपको अभियान छिट्टै सुरू गरिनेछ, कोभिड १९ विरूद्धको विभिन्न खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिइएको छ ।’

प्रधानमन्त्री देउवाले संक्रामक रोगविरूद्ध खोप उत्पादन गर्ने उद्योगीलाई वित्तिय सहलियत छुट तथा सुविधा प्रदान गर्ने नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्