Logo
Logo

पत्रकार विश्वकर्माको निधन प्रकरण छानविन गर्न युनिमीको माग



काठमाडौँ । जिम्मेवार निकायको लापर्बाहीका कारण पत्रकार एल बी विश्वकर्माको निधन भएको भन्दै युनिमी नेपालले घटनाको छानविन गर्न माग गरेको छ । निरन्तर काममा क्रियाशील पत्रकारले पर्याप्त उपचारको अभावमा जीवन गुमाउने अवस्था आउनु आफैमा लज्जाजनक र दुःखद भएको युनिमीको ठहर छ ।

युनिमीका अध्यक्ष गोविन्द धितालले शुक्रबार ९आज० वक्तव्य प्रकाशित गर्दै अछाम घर भइ हाल काठमाडौँमा रहेर टिभी टुडेमा कार्यरत पत्रकार विश्वकर्माको विहीवार उपचार नपाएर निधन भएको खवरले आफूलाई मर्माहत बनाएको उल्लेख गर्नु भएको छ ।

“बिरामी भएपछि सिभिल अस्पतालमा गएको‚ अस्पतालले पिसिआर गर्नका लागि एक हजार रुपैयाँ मागेको तर पैसा नभएकाले पिसिआर नगरी घरमा फर्किएको र राती स्वास्थ्य अवस्था थप जटिल भएपछि पाटल अस्पताल लागिएकोमा त्यही उहाँको निधन भएको घटनाले उहाँको निधनमा अस्पताल र उहाँ कार्यरत संचार गृहको वेवास्ता तथा लापर्बाही स्पष्ट हुन्छ‚” वक्तव्यमा लेखिएको छ ।

उनको निधनका बारेमा विभिन्न कोणबाट प्रश्नहरू उठेकाले तत्काल निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न र आगामी दिनमा यस्ता घटना नदोहोरिने सुनिश्चितता गर्न पनि युनिमी नेपालले सरोकारवाला सबैसँग माग गरेको छ ।

साथै पत्रकार विश्वकर्माको परिवारलाई उचित राहतको व्यवस्था गर्न पनि युनिमी नेपालले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्