Logo
Logo

मेलम्चीको पानी यसै वर्ष आउँछ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्चीको पानी यसै वर्ष ल्याइने प्रतिवद्धता जनाएका छन् । शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले मेलाम्चीको पानी यस वर्षभित्रै काठमाडौंमा ल्याएउने बताएका हुन् ।

गत असार अगाडि नै परीक्षणका रुपमा मेलम्चीको पानी काठमाडौंमा वितरण गर्न थालिएको थियो । तर, असार १ गते आएको बाढीले आयोजनाको मुहान क्षेत्र बगाएको थियो ।

बाढीले ठूलो क्षति पुर्‍याएपछि अन्यौलमा रहेको आयोजनाबारे प्रधानमन्त्री देउवाले मर्मत गरी काठमाडौंमा पानी ल्याउने दाबी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्