Logo
Logo

६ महिनामा १७७ किलोमिटर सडक कालोपत्रे



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो ६ महिने कार्यकालमा १७७ किलोमिटर सडक कालोपत्रे भएको बताएका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले आफ्नो ६ महिने कार्यकालमा १७७ किलोमिटर सडक कालोपत्रे भएको जानकारी दिएका हुन् ।

सरकार बनेको ६ महिना पुगेपछि सम्बोधन गर्दै उनले भने, ‘संघको कार्यक्षेत्र अन्तरगत मुलुकभर १७७ किमी सडक कालोपत्रे भएको र २३ सडक पुल निर्माण भइ सञ्चालनमा आएका छन् । ८२ झोलुङ्गे पुल निर्माण भएका छन् ।’

उनले नौबिसे–नागढुंगा सुरुङ्ग २ दशमलव २ किलोमिटर कार्य सम्पन्न भएको पनि जाकारी दिए । उनले भने, ‘मुलुककै पहिला आधुनिक सुरुङ्गमार्गको रुपमा रहेको नौबिसे–नगढुंगा ३ दशमलव ३ किलोमिटर सुरुङ्गको २ दशमलव २ किलोमिटर निर्माण कार्य सम्पन्न भएको छ ।’

प्रतिक्रिया दिनुहोस्