Logo
Logo

सत्तारुढ गठबन्धनले स्थानीय निर्वाचनबारे कानुन विज्ञसँग छलफल गर्ने



काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय निर्वाचनका विषयमा संविधान र कानुन विज्ञसँग छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले स्थानीय तह निर्वाचनबारे देखिएको कानुनी अस्पष्टताबारे संविधान र कानुन विज्ञसँग छलफल गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने विषयमा पनि छलफल गर्ने भएको सञ्चारमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

निर्वाचन खर्च, नेपालको भूगोल लगायतका विषयलाई ध्यानमा राखेर सबै निर्वाचन एकैपटक गर्ने विषयमा पनि छलफल भएको कार्कीले बताए । उनले संविधान र ऐनमा स्थानीय निर्वाचनबारे फरक–फरक व्यवस्था भएको दावी गर्दै त्यसलाई कसरी मिलाउने भन्ने विषयमा छलफल भएका जानकारी दिए ।

दलहरुबीच निर्वाचनको बिभिन्न बिकल्पमाथि पनि छलफल भएको नेताहरुले जनाएका छन् । केहि दिनमा नै निर्वाचनका बिषयमा टुङ्गो लाग्ने कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्