Logo
Logo

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री देउवाले शनिबारको लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार सर्वदलीय बैकठ प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान साढे ९ बजे बोलाइएको छ । स्थानीय तहको निर्वाचन, अवरुद्ध संसद् खुलाउनेलगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको उनले जानकारी दिए ।

आजै बसेको पाँच दलको बैठकले स्थानीय तहको निर्वाचनको मिति तोक्न कानुनविद्हरुसँग परामर्शन गर्ने निर्णय गरेको थियो ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनले बोलाएको सर्वदलीय बैठक भने बहिस्कार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्