Logo
Logo

स्थानीय तहको निर्वाचन पर धकेल्न पाइँदैन : ओली (विज्ञप्तिसहित)



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने काम गरिरहेको आरोप लगाएका छन् ।

आईतबार विज्ञप्ति जारी गर्दै अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले पाँच दलीय गठबन्धनका नेताहरुले प्रतिनिधिसभाको निर्वाचन २०७९ बैशाखमा गर्ने कार्ड फ्याँकेर स्थानीय तहको निर्वाचन पर धकेल्ने र मुलुकमा राजनीतिक अन्यौल सिर्जना गर्ने गतल नियतले अगाडी सारिएको आरोप लगाएका छन् ।

फाइल फोटो

‘हाम्रो पार्टी गत बर्षदेखि नै ताजा जनादेशको पक्षमा उभिएको हो र आज पनि हामी यो मान्यतामा अडिग छौं । हामी जुनसुकै बेलामा निर्वाचन भए पनि सामना गर्न तयार छौं । साथै, हाम्रो स्पष्ट अडान छ– यस बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न पाइँदैन’, अध्यक्ष ओलीले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यसैगरी ओलीले गत वर्ष आफुले ताजा जनादेशको माग गर्दा अनेकौं प्रहार गरिएको भन्दै जनताको बीचमा जानुलाई ‘प्रतिगमन’ र जनादेशविपरीत जस्केलाबाट सरकार बनाउनुलाई ‘अग्रगमन‘ भन्ने भाष्य निर्माण गरिएको बताएका छन् ।

‘प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष नै हुनुपर्छ भन्ने तर्क गर्दै यसको पुनस्र्थापनालाई ‘संविधानको जीत’का रुपमा व्याख्या गर्ने नेताहरु आज कुन नैतिकता, कुन तर्क र कुन आधारमा ‘अर्ली इलेक्सन’ को कुरा गर्दैछन् ? यसो गर्नुअघि उनीहरुले गत वर्ष सडक आन्दोलनका नाममा प्रदर्शन गरेको अराजकताका लागि जनतासँग क्षमायाचना गर्नु पर्दैन ?’ भनेर उनले पाँच दलीय गठबन्धनका नेतासंग प्रश्न गरेका छन् ।

ओलीले सर्वोच्च अदालतको परमादेशबाट गठित गठबन्धन सरकारको ६ महिने कार्यकालमा मुलुक गहिरो सङ्कटतिर धकेलिँदै गएको पनि आरोप लगाएका कछन् । ‘शक्ति पृथकीकरण र राज्यका अङ्गहरुबीचको सन्तुलन, मुलुकको अर्थतन्त्र, हाम्रो बाह्य सम्बन्ध र शान्ति–सुरक्षाको अवस्थालगायत प्रमुख पक्षहरु गम्भीर रुपले समस्याग्रस्त बनेका छन’, ओलीले भनेका छन् ।

अध्यक्ष ओलीले मुलुकको कार्यकारी अङ्गका रुपमा रहेको सरकार संविधानले निर्दिष्ट गरेको न्यूनतम दायित्व पूरा गर्नसमेत असफल भएको भन्दै राष्ट्रिय हितको रक्षामा चुकेको छ, महामारीमा अकर्मण्य बनेको र जनतालाई न्यूनतम राहत दिन समेत असमर्थ भएकाले राज्यका तीनवटै अङ्गहरू आज सङ्कटोन्मुख छन् र यसले राष्ट्रलाई नै असफलताको दिशातिर धकेल्ने जोखिम पैदा भएको बताएका छन् ।

यस्तो छ ओलीले जारीको विज्ञप्ती :

प्रतिक्रिया दिनुहोस्